२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

जनमतबाट अनिता साह मन्त्री बन्दै, मन्त्रालयको टुंगो लगाउनै बाँकी ?

जनमतबाट अनिता साह मन्त्री बन्दै, मन्त्रालयको टुंगो लगाउनै बाँकी ?

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ६ दलीय गठबन्धनसहितको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ।

जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए। राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो।

सरकारलाई समर्थन गरेपनि जनमतबाट मन्त्री बनेका थिएनन्।

चैत १७ गते काङ्ग्रेस सहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजिनामा दिएका थिए।

त्यसबेला उनी खानेपानी मन्त्री थिए। बजेटप्रती रुष्ट जनमतलाइ सरकारमा आउन प्रचण्डले आग्रह गरेका थिए। राउतले मन्त्रालय भने टुंगो नलागेको बताए।

उनले मंगलबार बिहान प्रधानमन्त्रीसँग भेट गरेको पनि बताए। जनमतले कृषि र उद्योग मन्त्रालय दाबी गरेको छ।

खानेपानी मन्त्रालय नलिने अडान कायमै छ। यस्तोमा माओवादीकै भागमा रहेको कुनै मन्त्रालय दिने प्रधानमन्त्रीको योजना छ।

यद्यपि यसबारे प्रधानमन्त्रीले केही खुलाएका छैनन्। जनमतका प्रतिनिधि सभामा ६ सांसद छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij