काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेकाले सातै प्रदेशमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपाल नजिक अवस्थित रहेको हुँदा यसको प्रभावले हाल कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको महाशाखाले बताएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा दिनैभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
आज राती सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ। कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेस, कोसी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसहितको वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij