२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

प्रधानमन्त्रीको जपाफ : त्यस दिन म प्रधानमन्त्री होइन, ज्ञानुको बुबा भएर बोलेँ

प्रधानमन्त्रीको जपाफ : त्यस दिन म प्रधानमन्त्री होइन, ज्ञानुको बुबा भएर बोलेँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो विवादित अभिव्यक्तिका विषयमा संसदमा प्रष्टीकरण दिएका छन् । सरदार प्रितम सिंहको पुस्तक विमोचनको क्रममा दिएको अभिव्यक्तिको विषयमा सोमवार संसदमा प्रचण्डले स्पष्टीकरण दिएका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको प्रष्टीकरण :

२०६८/०६९ सालको कुरा हो । मेरो जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट पीडित भएर जीवन मरणको संघर्षमा थिइन् । उपचारको क्रममा नेपालबाटै दिल्लीको एउटा हस्पिटलमा रिर्फर गरियो । त्यसपछि दिल्ली जाने स्थिति आइलागेको थियो । यद्यपी उनको उपचारका निम्ती अनेक कोशिश भएका थिए । २०६८/०६९ सालमा जतिेबला उनको अन्तिम अवस्था थियो, त्यसबेला मेरो छोराले (जो अहिले अवसान भइसकेको) दिदीलाई लिएर दिल्ली जाँदा बस्ने व्यवस्था अन्यत्र गरिएको थियो । तर, सरदार प्रितम सिंह, जसको पुस्तक विमोचनको सन्दर्भमा यो कुरा आएको छ ।

उनीसँग एक खालको सम्बन्ध काठमाडौंमै बनेको थियो । त्यो सम्बन्ध विस्तारै पारिवारिक जस्तै बन्दै गएको थियो । छोरीको उपचारको क्रममा प्रितम सिंहले नै मेरो दिल्लीमा आफ्नै फ्ल्याट छ, छोरीको उपचार त्यहीँ गरे हुन्छ भने । अरु स्याहारसम्भार गर्न सजिलो हुन्छ भन्ने भएपछि प्रकाश दाहालले भनेकाले त्यहाँ जाने कुरा भयो । त्यसमा मेरो त्यहाँ जानुपर्छ भन्ने थिएन । प्रकाशको प्रितम सिंहको आफन्तसँग बढो घनिष्ट मित्रता भएको थियो । जसको नाम अंगत हो ।

सायद तपाइँहरुलाई थाहा होला । त्यो मित्रताका कारणले प्रकाशले त्यहीँ घरको फ्ल्याटमा ज्ञानुलाई लग्यो । त्यहाँ लगेपछि छोरीको स्वास्थ्य बुझ्ने डाक्टरहरुसँग कुरा भयो । उनको अन्तिम हुँदैछ भन्ने थाहा थियो । यो त्यसबेला म भेट्न गएको बेलाको कुरा हो । यो कुरा न हिजो हो न अस्तिको हो ? यो २०६८/०६९ सालको कुरा हो । म दिल्ली जाँदा सरदार प्रितम सिंह सहित परिवारका थुप्रै सदस्यहरु त्यहीँ फ्ल्याटमा हुनुहुन्थ्यो । परिस्थिति भावनात्मक र इमोस्नल थियो । छोरीको अन्तिम अन्तिम अवस्था, हामी सबैलाई त्यो घटना कति दर्दनाक थियो भन्ने सबैले महशुस गरेकै कुरा हो । त्यो बेला सरदार प्रितम सिंहले नेपालको प्रधानमन्त्री तपाइँ नै हुनुपर्छ भनेर प्रसंग उठाउनुभयो ।

उहाँले भन्दैमा म प्रधानमन्त्री हुनेवाला थिइन । मैले उहाँले प्रधानमन्त्री बनाइदिए हुन्थ्यो भनेको पनि थिइनँ । उहाँले भावनामा आएर यो परिवर्तन ल्याउने मुख्य तपाइँ हो, प्रधानमन्त्री हुँदा राम्रो हुन्छ, मैले दिल्लीमा कुरा गर्ने गरेको छु भन्नुभो नेपालमा हुँदा पार्टीहरुसँग कुरा गर्ने गरेको छु तपाइँलाई प्रधानमन्त्री बनाउन भनेर भन्नुभयो । मैले शुभेच्छाका लागि धन्यवाद भने । अहिले त्यो स्थिति छैन भन्दिए । हुन पनि त्यो स्थिति थिएन ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij