२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आजदेखि म अपराधी : मेयर बालेन शाह

आजदेखि म अपराधी : मेयर बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह(बालेन)ले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा बुझेको जानकारी दिँदै आफू अपराधी भएको बताएका छन्।

चलचित्र आदिपुरुषको विषयलाई लिएर काठमाडौँ महानगरभित्र रहेका सिनेमा हलमा भारतीय चलचित्र चल्न नदिने निर्णय गरेपछि उनीविरुद्ध मुद्दा दार भएको थियो।

उनले सामाजिक सञ्चालमार्फत आफू आजदेखि तारिखमा रहेको जानकारी दिँदै भनेका छन्, ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु। भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा। म आजबाट अपराधी। जय होस् यो देशको।’

बालेनलाई सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको थियो। सोहीअनुसार उनले जवाफ बुझाएको बताइएको छ।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij