काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४३ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ३९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ०९ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ११ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९९ रुपैयाँ २५ पैसा छ।
यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ २३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ २७ पैसा छ। चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३४ पैसा छ।
यस्तै, साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३७ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ २५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४१ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ १२ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४२ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा छ भने बिक्री दर १० रुपैयाँ १६ पैसा छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij