२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

११ महिनामा नेपाली भित्रियो १९ करोडको तास

११ महिनामा नेपाली भित्रियो १९ करोडको तास

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १९ करोड भन्दाबढीको तास आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनासम्म नेपालमा विभिन्न देशबाट १९ करोड ८९ लाख ५७ हजारको तास आयात भएको छ ।

तास आयातबाट सरकारले १२ करोड २२ लाख ८६ हजारको राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ६६ लाख ६४ हजार रुपैयाँले तास आयात घटेको हो ।

गत वर्ष सोही समयमा २० करोड ५६ लाख २१ हजार तास आयात भएको थियो ।

कुन देशबाट कति तास आयो?

यस वर्ष सबैभन्दा धेरै तासाको आयात चीनबाट भएको छ । भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, जापान, मलेसिया, यूएई, बेलायत र अमेरिकाबाट तास आयात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चीनबाट १७ करोड ६ लाख दुई हजार र भारतबाट दुई करोड तीन लाख १८ हजारको तास आयात भएको छ ।

जापानबाट तीन हजार, मलेसियाबाट एक हजार र अमेरिकाबाट सात हजारको तास आयात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij