२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

काठमाडौँ- समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने भएको हो।

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताको अगुवाइमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij