२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

पढाइ छाडेको २१ वर्षपछि एसईई उत्तीर्ण भए वडाध्यक्ष रोका

पढाइ छाडेको २१ वर्षपछि एसईई उत्तीर्ण भए वडाध्यक्ष रोका

मङ्गला– म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन्।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जीपीए ल्याएका छन्। २०५८ सालमा एसएलसी परीक्षामा सामेल भएका रोका त्यतिबेला सफल हुन सकेनन्। एसएलसीमा अनुत्तीर्ण भएपछि उनले पढाइ नै छाडेका थिए।

एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा ८ वर्ष बिताए। उनी २०६९ सालमा घर फर्किएका थिए।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भइका थिए। गत वर्षको स्थानीय तह निर्वाचनमा उनी नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij