२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन : ढाकाकुमार

मैले सांसद बन्न पार्टीलाई ३ करोड बुझाएको भनेको छैन : ढाकाकुमार

ढाकाकुमार श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र संसद् दुवैबाट निलम्बित श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए।

यसप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानिको मुद्दा लगाउने चेतावनी दिएका थिए।

त्यसपछि ढाकाकुमार श्रेष्ठले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij