२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने तयारी गरेका छन्। आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले राजीनामा मागेपछि प्रधानमन्त्रीले संसदमा जवाफ दिन लागेका हुन्।

आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले संसद बैठक चल्न दिएका छैनन्। एमालेले जवाफ नभई अब राजीनामा दिनुपर्ने अडान लिँदै आएको छ भने राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै आएको छ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले संसदमा प्रधानमन्त्रीले जवाफ दिएर अघि बढ्ने निर्णय गरेको थियो । तर संसद सचिवालयले भने प्रधानमन्त्रीले बोल्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीले बोल्ने औपचारिक जानकारी अहिलेसम्म नआएको र आउनेवित्तिकै उहाँलाई समय उपलब्ध गराउने बताए। प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि संसद बैठक चल्न नदिने अडान राखेको छ।

आफूहरूलाई प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएकाले संसद बैठक कुनै हालतमा चल्न नदिने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए। प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij