२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नाबालिग बलात्कार गरेको आरोपमा एलओडीका सञ्‍चालक राजुसिंह पक्राउ

नाबालिग बलात्कार गरेको आरोपमा एलओडीका सञ्‍चालक राजुसिंह पक्राउ

काठमाडौं- नाबालिग बलात्कार गरेको आरोपमा ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्‍चाक राजुसिंह सुवाल पक्राउ परेका छन्। एलओडी गएकी एक नाबालिगलाई ललितपुर लगेर बलात्कार गरेको आरोपमा क्लबका सञ्चालक सुवाल पक्राउ परेका हुन्।

उनलाई बिहीबार साँझ बालुवाटारबाट पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिएका छन्।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको र ललितपुर पुर्‍याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए। यसअघि बिहीबार दिउँसो भने अर्को एकजनालाई पक्राउ गरिएको थियो। पक्राउ पर्नेमा पोखरा घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला रहेको शाहले बताए।

३० जेठमा एलओडी क्लब गएकी १६ वर्षीया बालिकालाई ललितपुर लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो। शाहका अनुसार जेठ ३१ गते बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका कोइरालाले भने बयानमा भने पीडित नाबालिग नभई उमेर पुगेको युवती भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij