२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काभा महिला भलिबल : सेमिफाइनलमा नेपाल-काजकिस्तान भिड्दै

काभा महिला भलिबल : सेमिफाइनलमा नेपाल-काजकिस्तान भिड्दै

काठमाडौँ- काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलअन्तर्गत आज घरेलु टोली नेपालले काजकिस्तानसँग खेल्दै छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल समूह उपविजेताको रूपमा अन्तिम चारमा पुगेको हो।

आजै हुने पहिलो सेमिफाइनलमा समूह एको विजेता भारतले भने समूह बीको उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ। खेल दिउँसो साढे २ बजेपछि हुनेछ।

समूह बीको खेलमा काजकिस्तानले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराई समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij