२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बालेनलाई हर्कको समर्थन, भन्छन्– विदेशीले बनाएको प्रधानमन्त्रीबाट के आशा गर्नु ?

बालेनलाई हर्कको समर्थन, भन्छन्– विदेशीले बनाएको प्रधानमन्त्रीबाट के आशा गर्नु ?

काठमाडौं । धरान उमहानगरपालिकाका मेयर हर्क साम्पाङले विदेशीले बनाएको प्रधानमन्त्रीबाट ‘आशा गर्न नसकिने’ बताएका छन् ।

बिहीबार राति ट्विटरमा काठमाडौं महानगरका मेयर बालेन शाहको पोस्टमा पतिक्रिया जनाउँदै दिँदै हर्कले लेखेका छन्,”करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?”

निरन्तर नेताहरूबारे खरो टिप्पणी गर्दै आएका बालेनले आज ‘भारतीय गुलाम’ले देश चलाइरहेको बताएका छन् । उनले आफूलाई प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको पनि बताएका छन् ।

“दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरूले देश चलाउँदै छ र म मात्र विरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरू हुन् ?,” बालेनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij