२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

आफ्नो अभिव्यक्तिले के अर्थ राख्छ भनेर प्रधानमन्त्रले हेक्का राख्नुपर्छ : विश्वप्रकाश शर्मा

आफ्नो अभिव्यक्तिले के अर्थ राख्छ भनेर प्रधानमन्त्रले हेक्का राख्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- आफूलाई प्रधानमन्त्री बनाउन भारतको भूमिका रहेको आशयको अभिव्यक्ति दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती गरेको सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतको प्रशंसा गर्ने क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक दिल्ली धाएको बताएका थिए।

त्यसको विरोधमा बुधबार एमालेलगायत विपक्षी दलका सांसदले प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका थिए।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिविरुद्ध सत्तारुढ दलले नै प्रश्न गरिरहेका बेला प्रतिपक्षीले विरोध गर्नु त उनीहरूको मूल कर्तव्य नै भएको टिप्पणी प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्रीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत गरेका हुन्।

‘नेपालको प्रधानमन्त्री नेपालको संसद्‌ले चयन गर्दछ र गर्ने हो’, शर्माले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो। आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो।’

शर्माले अगाडि लेखेका छन्, ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ। सत्तारूढले नै प्रश्न गरेका छौँ। प्रतिपक्षको त मूल कर्तव्य नै हो।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij