२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सम्झौता

काठमाडौँ ।  नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सानिगाडको प्रतिशेयर एक सयका दरले  ८५ लाख ५० हजार कित्ता शेयरवापत  ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।
कोषले सोमबार जारी गरेको विज्ञप्ति अुनसार सम्झौता भएको मितिले कम्पनीले छ महिनाभित्र सेयर निष्काशन गरिसक्नु पर्नेछ । छ महिनाभित्र शेयर निष्काशन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij