२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु

इटहरीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु

सुनसरी : इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

हिजो दिउँसो कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार इटहरी ८ की ३९ वर्षीया सरिता चौधरीको घटनास्थलमै मृत्य भएको थियो।

सरिताकी २२ वर्षिया छोरी अनुष्का घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा गएराति उनको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो। तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij