२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गगनलाई बालेनले भने–काठमाडौँ महानगरका विद्यालयमा कांग्रेस भातृ संगठन नभएको घोषणा गर्दछौँ

गगनलाई बालेनले भने–काठमाडौँ महानगरका विद्यालयमा कांग्रेस भातृ संगठन नभएको घोषणा गर्दछौँ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कटाक्ष गरेका छन् ।

महामन्त्री थापाले सोमबार एक कार्यक्रममा राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नुपर्ने बताएका थिए । थापाको भनाइप्रति कटाक्ष गर्दै मेयर शाहले काठमाडौँ महानगरका विद्यालय, शिक्षण संस्था, कार्यालयमा कांग्रेस पार्टीको भातृ संगठन नभएको घोषणा गरेका हुन् ।

‘माननीय गगन थापाज्यू, दलको हिजो एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नु भयो,’मेयर शाहले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको महामन्त्री ज्युले नै भने पछि, काठमाडौँ महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबै तिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ ।’

मेयर शाहले बोलेको कुरा पुरा गर्न महामन्त्री थापालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij