२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गायक रोविन तामाङको निधन

गायक रोविन तामाङको निधन

काठमाडौँ- नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोविन तामाङकाे निधन भएकाे छ।
६० वर्षीय उनकाे मंगलबार साँझ काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन्।

कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो। तर उनको निधनको कारण खुलिसकेको छैन।

रविनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले पनि गरेकी छन्। रोविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।

तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij