२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर, युवतीलाई भने- म तिम्रो फिगरको फ्यान हुँ

यौनहिंसामा मुछिए प्रहरी इन्सपेक्टर, युवतीलाई भने- म तिम्रो फिगरको फ्यान हुँ

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक सुवास तिम्सिना गम्भीर यौनजन्य हिंसामा मुछिएका छन्।

‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही संचारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण उनी यो प्रकरणमा तानिएका हुन्।

ट्विटरमार्फत् सार्वजनिक गरिएको इन्स्टाग्राम म्यासेज स्क्रीनसटमा प्रहरी निरीक्षक तिम्सिनालाई ती युवतीले यत्तिकै पल्टिरहेको भन्ने सन्देश पठाएको देखिन्छ।

रातको ९ बजेर ५७ मिनेट जाँदा भएको संवादमा निरीक्षक तिम्सिना भन्छन्,‘ के तिमीलाई थाहा छ? म तिम्रो शरीरको प्रशंसक रहेको’ बताउँछ्न ।

त्यसपछि उनले युवतीलाई शरीर (?) को तस्वीर पठाउन आग्रह गरेको बुझिन्छ। युवतीले ‘म यस्तो चाहन्नँ। म मेरो शरीरप्रति एकदमै संवेदनशील छु, इमान्दारीसाथ भनेको’ भन्ने उत्तर पठाउँछिन्।

प्रहरी निरीक्षक रोकिँदैनन्।

‘प्लिज पठाउन, डियर प्लिज’ भन्ने सन्देश पठाउँछन्। युवतीबाट कस्तो तस्वीर पठाउने भन्ने प्रश्न आउँछ।

निरीक्षक तिम्सिना भन्छन्,‘ विश्वास गर, यो हामी दुईबीचको कुरा हो।’

युवतीबाट ‘नभेटेको मान्छेसँग अप्ठेरो लाग्छ के’ भन्ने सन्देश पठाउँछिन्। तिम्सिना पुनः आफूलाई विश्वास गर्न आग्रह गर्छन् र भिडिओ संवादमा आउनसमेत आग्रह गर्छन्।

सामाजिक सञ्जालमा प्रहरी निरीक्षकको यो संवाद अहिले ‘भाइरल’भएको छ। विभिन्न ग्रुपमा यसको स्क्रीनसट पठाउन थालिएको छ।

घटना बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले यहाँको डाँडाको नाकमा कार्यरत डिएसपी प्रकाश दाहालको नेतृत्वका नेतृत्वमा छानविन समिति गठन गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

‘हामीले पनि सामाजिक सञ्जालबाटै थाहा पाएका हौँ, छानविन समिति गठन भएको छ,’ प्रवक्ता विकले भने।

घटना सार्वजनिक भए लगतै तिमिल्सिनाले कास्कीका प्रहरी प्रमुख समक्ष निवेदन दिएका छन्। उनले आफ्नो अकाउन्ट ह्याक भएको दाबी गरेका छन्।

उनले आफैं छानविन गरेर कारबाही गर्न माग गर्दै निवेदन दिएको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले बताए।

तिम्सिनाले आफ्नो इन्स्टा एकाउण्ट ह्याक भएको र विभिन्न व्यक्तिलाई गलत सन्देश पठाएको भन्दै छानविनको लागि निवेदन दिएका पनि प्रवक्ता विकले बताए।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij