२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

शहीदका परिवारलाई मासिक तीन हजार भत्ता

शहीदका परिवारलाई मासिक तीन हजार भत्ता

बैतडी : डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै गाउँपालिकाले शहीदका परिवारलाई मासिक तीन हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको हो।

द्वन्द्वको क्रममा शहीद भएकाको परिवारलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत पालिकाले एक वर्षसम्म उनीहरूलाई नगद तीन/तीन हजार रुपैयाँ प्रदान गर्ने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। द्वन्द्वका क्रममा गाउँपालिकाका १६ जनाले ज्यान गुमाएका थिए।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५७ करोड ३७ लाख एकहजारको बजेट ल्याएको छ ।  शिक्षातर्फ आगामी आर्थिक वर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ भने स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै खानेपानी तर्फ १ करोड १८ लाख विनियोजन गरेको गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड विनियोजन गरेको छ। यस्तै पूर्वाधार विकासतर्फ पाँच करोड ९५ लाख बजेट विनियोजन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij