२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

साउदीको अमेरिकी दूतावासमा गोली चल्दा बाग्लुङका नैनसिंहको मृत्यु

साउदीको अमेरिकी दूतावासमा गोली चल्दा बाग्लुङका नैनसिंहको मृत्यु

काठमाडौँ- साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवननजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । गोली हानाहानमा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बागलुङका ६० वर्षीय नैनसिंह नेपाली रहेको स्टेट न्युज एजेन्सी एसपीएले जनाएको छ ।

नेपाली सन् २००१ देखि साउदीमा थिए । साउदीको ओथमान हमेद अल घामदी एन्ड सन्स कम्पनीमार्फत उनी अमेरिकी वाणिज्य दूतावासमा सुरक्षा गार्डका रूपमा गएका थिए । नेपालीको शव अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त घटनाको पुष्टि गर्दै अमेरिकी अधिकारीलाई भने कुनै क्षति नभएको जनाएको छ ।

वाणिज्य दूतावासमा पछिल्ला वर्ष आतंककारी हमला बढ्दै गएको छ । सन् २०१६ मा पनि उक्त भवनको कम्पाउन्डनजिकै भएको आत्मघाती बम विस्फोटमा परी दुई हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । सन् २००४ मा पनि बम र बन्दुकसहित आएका पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा हमला गर्दा भवन बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij