काठमाडौँ- साउदी अरेबियाको अमेरिकी वाणिज्य दूतावासनजिक गोली चलेको छ। घटनामा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको साउदी प्रेस एजेन्सीले बताएको छ। मृत्यु हुने नेपालीको परिचय खुलाइएको छैन।
एजेन्सीका अनुसार जेद्दास्थित दूतावास नजिकै एक हतियारधारी व्यक्ति आएर कार पार्क गरेको थियो। बन्दुक बोकेर कारबाट निस्किएका ती व्यक्तिलाई सुरक्षाकर्मीले सामान्य सम्झाइबुझाइ गरे। त्यसै क्रममा उक्त व्यक्तिले ती सुरक्षागार्डमाथि गोली चलाएको साउदीन्युजले जनाएको छ।
जवाफमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उक्त बन्दुकधारी व्यक्तिको पनि मृत्यु भएको मक्कास्थित प्रहरी प्रवक्ताले बताएका छन्।
पक्का क्षेत्रको प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij