२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

पेमेन्ट गेट वे प्रकरणमा मुछिएका सुनिल पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

पेमेन्ट गेट वे प्रकरणमा मुछिएका सुनिल पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालिन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा मुछिएका उनीहरुलाई बुधबार अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यस्तै गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij