२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

तीन महिनाअघि महिलाको हत्या गरी शव छाडेर हिँडेका भारतीय नागरिक पक्राउ

तीन महिनाअघि महिलाको हत्या गरी शव छाडेर हिँडेका भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंमा डेरामा बसेकी एक महिलाको शव हत्याको तीन महिनापछि सडेको अवस्थामा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभा भगवतीमा तनहुँको भिमादकी ५१ वर्षीया सफिना मियाँको शव फेला परेको हो ।

घटनाको अनुसन्धानमा खटिएको प्रहरीले हत्या आरोपितलाई पक्राउ गरेपछि आइतबार पत्रकार सम्मेलन गरेको छ । उपत्यका प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र सफिनाको शव विभत्स अवस्थामा फेला परेको बताए । उक्त कोठामा बस्दै आएका भारतको दरभंगा लालबागका इकरामुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मियाँको हत्यापछि भारततर्फ गएका उनी फर्केर आएको मौकामा पक्राउ परेका हुन् । एसएसपी खत्रीकाअनुसार अन्सारी र मियाँ नौ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । बेला बेलामा झगडा हुन थालेपछि कात्तिक पहिलो साता अन्सारीले मदिरा सेवन गरि काठको आग्लोले मियाँलाई मरणासन्न हुनेगरि कुटेको र पछि उनकै सलले घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि शव खाटमुनि लुकाएका थिए । घटनापछि डेरा कोठाको ढोकामा ताला लगाइ चाबी फालेर बल्खुहुँदै सुमो चढेर वीरगंज गएका थिए । त्यहाँबाट रक्सौल, गुजरात, लखनउहुँदै भारतका विभिन्न स्थानमा करिब २ महिना लुकीछिपी बसेका थिए ।

गत पुस दोस्रो साता पुनः काठमाडौं आएका अन्सारी प्रहरीले माघ ३ गते कालीमाटीबाट पक्राउ गरेको जनाएको छ । उनलाई पक्राउअघि सोही दिन घरधनीले खबर गरेपछि पुगेको प्रहरी टोलीले डेरामा शव भेटेको थियो । शव सनाखत भएपछि प्रहरीले इकरामुलको खोजी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij