२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

मर्मतपछि २ सय ६७ यात्रु लिएर उड्यो निगमको वाइडबडी जहाज

मर्मतपछि २ सय ६७ यात्रु लिएर उड्यो निगमको वाइडबडी जहाज

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो ।

जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij