२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भारतसँग पराजित भएसँगै साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

भारतसँग पराजित भएसँगै साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं– भारतमा जारी साफ च्याम्पियनसिप प्रतियोगितमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।

प्रतियोगितामा भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको छ। अब अन्तिम खेल पाकिस्तानसँग हुनेछ। तर त्यो खेल आगामी यात्राका लागि महत्त्वपूर्ण भने छैन। उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।

भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए भने दोस्रो गोल महेश सिंहले गरेका हुन्। दोस्रो गोलका लागि सुनिल क्षेत्रीले नै पहिलो प्रयास गरेका थिए। तर उनी असफल हुँदा सिंहले गोल गरेका हुन्।

दोस्रो हाफको ६० मिनेटमा क्षेत्रीले पहिलो गोल गरेका थिए। सिंहले ६८ औं मिनेटमा दोस्रो गोल गरेका हुन्।

नेपाली खेलाडीले मौका पाए पनि सदुपयोग गर्न सकेनन्। जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग पराजति भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij