२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रवि लामिछानेको धम्की – घण्टीले बजाउन पनि जानेको छ

रवि लामिछानेको धम्की – घण्टीले बजाउन पनि जानेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफ्नो राहदानीको विषयमा फेरी सर्वोच्च अदालतमा मुद्धा दायर भएको विषयमा प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजालमा पोष्ट गर्दै नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेकोमा आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका हुन् ।

उनले भनेका छन्-

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ ।

१) सर्वोच्च अदालतको मिती २०७९/१०/१३ को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ ।

२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिए ।

४) घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij