२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आईसीसी विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग नेपालको निर्णायक खेल

आईसीसी विश्वकप छनोट : आज नेदरल्यान्ड्ससँग नेपालको निर्णायक खेल

काठमाडौँ- आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट्स् क्लबमा हुने खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।

सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।

नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ। यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ। जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ।

नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो।

यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो। अमेरिकालाई भने ५ विकेटले हराएको थियो। आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ।

अंक तालिका
समूह एमा रहेको वेस्ट इन्डिज २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ। समान खेलबाट ४ अंक बनाएको जिम्बावे नेटरनरेटका आधारमा दोस्रो स्थानमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको नेदरल्यान्ड्स २ अंकका साथ तेस्रो स्थानमा छ। २ खेलमा हार र १ खेलमा जित हासिल गरेको नेपाल २ अंकका साथ चौथो स्थानमा छ। लगातार ३ खेलमा पराजित अमेरिका भने सुपर सिक्सको दौडबाट बाहिरिसकेको छ।

समूह बीमा २ खेलबाट ४ अंक बनाएको ओमान शीर्ष स्थानमा छ। समान २ अंक भए पनि नेटरनरेटका कारण श्रीलंका दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ। समान दुई खेलमा हार भोगेका आयरल्यान्ड चौथो र यूएई अंक तालिकाको पुछारमा छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij