२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

कास्कीमा कारको ठक्करबाट दुईजनाको मृत्यु

कास्कीमा कारको ठक्करबाट दुईजनाको मृत्यु

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गएराति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij