२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी: सुब्बा र सहलेखापाल पक्राउ

लोकसेवाको परीक्षामा नक्कली परीक्षार्थी: सुब्बा र सहलेखापाल पक्राउ

काठमाडौं– लोकसेवा आयोगले सञ्चालन गरेको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको छ।

लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६-०७७ (मधेस) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षा नक्कली परीक्षार्थी सहभागी भएको पाइएको हो।

२९ फागुन २०७७ मा भएको प्रथम पत्रको परीक्षा तथा १६ साउन २०७८ मा भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट अर्कैले परीक्षा दिएको पाइएको हो। अर्कैको नाममा बेइमानीपूर्वक परीक्षा दिएको प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज–११ घर भइ हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत ३३ वर्षीय मनोज कुमार शर्मा सुतिहार र सोही ठाउँ घर भइ जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव छन्।

उनीहरुविरुद्ध लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij