२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएको कोलराडो सर्वोच्च अदालतको ठहर

ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएको कोलराडो सर्वोच्च अदालतको ठहर

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई कोलराडो राज्यबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न त्यहाँको सर्वोच्च अदालतले रोक लगाएको छ । कोलराडो सर्वोच्च अदालतले राजद्रोहको आरोपमा फैसला गर्दै उनलाई उक्त राज्यमा चुनाव लड्न रोक लगाएको हो।

अन्य राज्यमा ट्रम्पलाई राष्ट्रपतिको उम्मेदवार बन्न भने यो निर्णयले रोक्दैन अमेरिकाको संविधानको १४औँ संशोधनबाट थप गरिएको व्यवस्थाका आधारमा कसैलाई राष्ट्रपतिको उम्मेदवार बन्नबाट रोक लगाइएको यो पहिलो पटक हो ।

ट्रम्पको निर्वाचन अभियानले उक्त आदेश अप्रजातान्त्रिक रहेको तर्क गर्दै पुनरावेदन गर्ने जनाएको छ । यसअघि न्यूह्याम्शर, मिनिसोटा र मिशिगनमा ट्रम्प निर्वाचनमा सहभागी हुन अयोग्य रहेको भन्दै मुद्दा परेको थियो।

तर त्यहाँ ट्रम्पविरुद्ध आदेश आएको थिएन । मङ्गलबारको फैसलाविरुद्ध ट्रम्पले एक महिनाभित्र पुनरावेदन दिन सक्छन् । अदालतको आदेश मार्च ५ मा हुन लागेको प्राइमरी निर्वाचनमा लागु हुने छ।

उक्त दिन रिपब्लिकनहरूले आफ्नो पार्टीबाट राष्ट्रपतीय उम्मेदवार चयन गर्दै छन्। यद्यपि यो आदेशको असर अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पनि हुने ठानिएको छ । निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा पक्राउ परेपछि जोर्जा राज्यमा प्रहरीले उनको यो तस्बिर खिचेको थियोे । उक्त फैसलाको पक्षमा चार र विपक्षमा तीन न्यायाधीश थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij