२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

वीर अस्पतालको निर्देशकबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

वीर अस्पतालको निर्देशकबाट पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले निर्देशक पदमा दुई वर्षको समयावधि तोकेर नियुक्ति दिइएको व्यक्तिलाई सो समयभन्दा अगावै हटाउने निश्चित कानुनी प्रावधान पालना नगरेको बताउँदै स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले मंसिर १४ गते मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाएर डा. श्रवणकुमार थापालाई नियुक्त गरेका थिए । आदेशपछि अवधि पूरा नभएसम्मका लागि डा. पौडेललाई निर्देशकका रुपमा काम गर्न अब बाधा नपर्ने नभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij