२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

एनसेलको सेयर बिक्रीमा गडबडी छः प्रधानमन्त्री

एनसेलको सेयर बिक्रीमा गडबडी छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर बिक्री अस्वाभाविक भएको बताएका छन् । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्रीले उनले यसमा कहीँ गडबडी रहेको भन्दै सरकारले छानबिन समिति गठन गरेको बताएका हुन् ।

उनले भने, ‘यस विषयमा म एकदमै गम्भीर छुु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाएँ र अध्ययन गर्न जरुरी रहेको भन्दै समिति गठन गरेका छौं ।’

उनले समितिको अध्ययनपछि यस प्रकरणमा कानुनविपरीत गतिविधि भएको पाइए सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे । समिति गठन कर मात्रै नभई विदेशी लगानी ल्याउने र राजश्वमा पर्ने विषयमा पनि सुझाव आउने बताए ।

बैठकमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले एनसेल खरिदबिक्रीबारे पछिल्लो समय सरकारी निकायले कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिएकी छन् ।

एनसेलको सेयर खरिद–बिक्री प्रकरणलाई लिएर अनेक आंशंका गरिएको छ । विपक्षी नेकपा एमालेले सरकार यसमा संलग्न रहेको बताउँदै आएको छ । तर यो प्रकरण राजनीतिक नेतृत्वको आडमा भएको भन्दै छानबिन गर्न भन्दै आवाज उठिरहेको छ ।

आजियटाले आफ्नो ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको खबर सार्वजनिक भएपछि दलहरुले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । यस विषयमा अदालतमा मुद्दासमेत परेको छ । उच्च अदालत पाटनले एनसेलको शेयर खरिद बिक्री रोक्ने अन्तरिम आदेश दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij