२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

इन्द्रमान तुलाधर एन्फाको सीईओ नियुक्त

इन्द्रमान तुलाधर एन्फाको सीईओ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा इन्द्रमान तुलाधर नियुक्त भएका छन् । सोमबार बसेको एन्फा कार्यसमिति बैठकले एन्फाका पूर्व महासचिव तुलाधरलाई सीईओ नियुक्त गरेको हो ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यले भने खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्त गर्नुपर्ने भन्दै विरोध जनाएका थिए । तुलाधर अघिल्लो कार्यकालमा एन्फाको महासचिव थिए। संकटा क्लबको अध्यक्ष समेत रहेका तुलाधर डेढ वर्षअघि भएको एन्फा निर्वाचनमा अध्यक्ष नेम्बाङविरुद्धको कर्माछिरिङ शेर्पाको प्यानलमा थिए।

तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij