२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

आयोगद्वारा राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान

आयोगद्वारा राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आइतबार बसेको आयोगको बैठकले १२ राजनीतिक दललाई चिन्ह प्रदान गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij