२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

२०८३ मंसिर ७ आइतबार

राखेपद्वारा एन्फामाथिको निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । राखेपको कार्यकारी समितिको बिहीबार बसेको बैठकले एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले बिहीबार एन्फालाई पत्राचार गर्दै प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत हटाइएको जानकारी दिएका छन् । एन्फाले गत वैशाख २२ गते पत्रमार्फत प्रतिबन्ध हटाउन अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ (३) बमोजिम प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ ।

निर्णयसँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकलगायत सबै प्रतिबन्ध पत्र जारी भएको मितिदेखि लागू हुने गरी हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij