२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

ओलीले चिवाभञ्ज्याङमा झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा(फोटोफिचर)

ओलीले चिवाभञ्ज्याङमा झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा(फोटोफिचर)

काठमाडौं । मंसिर १४ गतेदेखि बैतडीको झुलाखालबाट सुरू भएको नेकपा एमालेको झुलाघाट–चिवाञ्ज्याङ मध्य पहाडी संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको छ ।

आइतबार चिवाभञ्ज्याङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल– भारत सीमानाका चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरेका हुन् ।

संकल्प यात्राको अन्तिम दिन अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताहरू हेलिकोप्टरबाट नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ पुगेका थिए । अध्यक्ष ओलीले मंसिर १४ गते भारतसँगको सीमाना झुलाघाटमा झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij