काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमै अलआउट भयो ।
हारपछि काठमाडौं ७ खेलबाट ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमै सीमित रह्यो । अब ११ अङ्कसहित शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र १० अङ्कसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सबीच ‘क्वालिफायर १’ हुनेछ भने काठमाडौंले चौथो स्थानको चितवन राइनोजसँग प्लेअफको अर्को खेल खेल्नुपर्नेछ ।
लिगको पुछारमा रहेको पोखराले जितसँगै ७ खेलबाट ४ अङ्क जोडेर प्रतियोगिता टुङ्ग्याएको छ । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रनको विशाल योगफल बनाएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij