काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । कर्णालीले चितवनलाई २४ रनले हराएको हो । कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमा अलआउट भयो ।
उसामा मिरले अविजित २८ रन जोड्दा कामिल मिश्राले २५ कुशल मल्लले १८, देव खनालले १४ रन बनाए । बलिङतर्फ कर्णालीका हुसैन तलातले तीन तथा पवन सर्राफ मार्क वाटले दुई–दुई विकेट लिए । सोमपाल कामीले एक विकेट हात पारे ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन जोड्यो । जितसँगै कर्णाली ७ खेलबाट ६ अंक जोड्दै छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । समान खेलबाट ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij