काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजविरुद्ध टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। त्यससँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
दुवै टोली समान ८ अंकसहित मैदान उत्रिएका छन्। काठमाडौंले पाँच खेलबाट चार जित र एक हारसहित ८ अंक जोडेको छ। त्यस्तै, सुदूरपश्चिमले ६ खेलबाट चार जित र दुई हारसहित ८ अंक बनाएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij