सुर्खेत । डोल्पा जिल्ला कारागारबाट शुक्रबार राति सुरुङ खनेर भागेका आठ जना कैदीबन्दीमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम रानालाई मंगलबार बिहान आठबिसकोट नगरपालिका–६ दामाचौरबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
उनीहरुलाई दामाचौरस्थितको. खोली बगरबाट वडा नम्बर ९ राडीतर्फ आउँदै गरेको क.प्र. ०२–००१ च ०८३१ नम्बरको बोलेरो जिप पक्राउ गरिएको हो । प्रहरी टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरू कारागारबाट फरार भएका कैदी रहेको पुष्टि भएको प्रवक्ता राठौरले जानकारी दिए । अन्य कैदीको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij