२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

२०८३ कार्तिक १८ मंगलबार

काठमाडौंमा पाँच बंगलादेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौंमा पाँच बंगलादेशी नागरिक पक्राउ, १४ थान राहदानी बरामद

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमबार साँझ एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र बंगलादेशी मूलका ब्राजिलियन नागरिक रफत मिहा रहेका छन्।

सशस्त्र प्रहरीका अनुसार रोनित रोय चौधरी बस्दै आएको कोठामा खानतलासी गर्दा नौ जना बंगलादेशी नागरिकका १४ थान राहदानी फेला परेका छन्। त्यसैगरी, ठूलो परिमाणमा आर्थिक कारोबार भएको विवरण उल्लेख गरिएका दुई थान डायरीसमेत बरामद भएका छन्।

नियन्त्रणमा परेका जाहिंगिर आलममाथि एक जना बंगलादेशी नागरिकलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन रहेको पनि खुलेको छ। उनी २०८० चैत १३ गतेदेखि उक्त मुद्दामा अदालतमा तारिख धाउँदै आएको बताइएको छ।

नियन्त्रणमा लिइएका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij