२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

२०८३ कार्तिक १७ सोमबार

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा उनको जापानमा रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरलाई लिएर प्रश्न उठेपछि सोमबार राजदूतबाट आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ताका लागि थापाले समितिलाई पत्र पठाएका थिए ।

समिति सभापति बोधनारायण श्रेष्ठले उक्त पत्र पढेर सुनाएका थिए । दसैँअअघि प्रस्तावित राजदूत थापाको समितिमा सुनुवाइ भएको थियो । सुनुवाइका क्रममा उनको जापान बसाइ, त्यहाँ रहेको सम्पत्ति र परिवारका सदस्यको पीआरका सम्बन्धमा प्रश्न उठेको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर यस विषयमा स्पष्ट हुन भन्दै संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विवरण मागेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले सिफारिस होल्ड गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij