२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रहरीद्वारा पक्राउ गरिएका सबै पत्रकार रिहा, मैनाली र पन्तलाई साइबर ब्युरोमा हाजिर हुन निर्देशन

प्रहरीद्वारा पक्राउ गरिएका सबै पत्रकार रिहा, मैनाली र पन्तलाई साइबर ब्युरोमा हाजिर हुन निर्देशन

काठमाडौं । प्रहरीले पक्राउ गरेका सबै पत्रकार रिहा गरेको छ । शुक्रबार साँझ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक संजालमार्फसबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ ।  प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

प्रहरीले शुक्रबार साँझ नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पक्राउ गरेको थियो । त्यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए ।

उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै दुई घण्टाभन्दा बढी समय त्यहाँ बसेका थिए ।नयाँ पत्रिकाको कार्यालयबाट साँझ मात्रै पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलि साइबर ब्युरोमा हाजिर हुन उर्दी दिँदै प्रहरी टोली त्यहाँबाट निस्किएको छ । पत्रकार पक्राउको सर्वत्र विरोध भएपछि प्रहरीले रिहा गरेको हो । सत्तारुढ रास्वपालेसमेत पत्रकार पक्राउको विरोध गरेको थियो । त्यस्तै प्रधानमन्त्री कार्यालयले पनि पत्रकार पक्राउमा आफ्नो कुनै संलग्नता नरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij