२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

महोत्तरी जिल्ला अदालतको फैसलाप्रति लोसपा क्रुद्ध, सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा उत्रिने महतोको चेतावनी

महोत्तरी जिल्ला अदालतको फैसलाप्रति लोसपा क्रुद्ध, सरकारलाई दिएको समर्थन फिर्ता लिई आन्दोलनमा उत्रिने महतोको चेतावनी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले जिल्ला अदालत महोत्तरीको फैसला दूर्भाग्पूर्ण भएको बताएका छन् । शुक्रबार विज्ञप्ति जारी गरी वरिष्ठ नेत महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहटका नेताहरुलाई विभिन्न तहका सरकारलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भएर प्रतिकारमा उत्रिन आह्वान गरेका हुन् ।

लोसपाका प्रदेशसभा सदस्य अभिराम शर्मालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि नेता महतोले यस्तो भनाइ आएको हो । मधेस आन्दोलनको क्रममा असइ थमन विकको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले शर्माविरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।

उनले नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्मरण रहोस्, नेतृत्वको आह्वानमा हुने आन्दोलनका कारण आन्दोलनकारी कार्यकर्ता नेतामाथि अन्याय, अत्याचार, पीडा हुँदा आन्दोलन आह्वानकर्ता पार्टी र नेता सत्ता स्वार्थ छोडी हिम्मतका साथ ती आन्दोलनकारी जनतालाई साथ सहयोग नदिने हो भने त्यस्ता पार्टी र नेताप्रतिको विश्वास र भरोसा निश्चित रुपमा टुट्न जानेछ र त्यस्ता नेतृत्वको पछि किन लाग्ने भने प्रश्न स्वाभाविक रुपमा उठ्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij