रोयटर्स । स्पेनको राजधानी म्याड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने रेलमार्गमा दुई वटा तीव्र गतिका रेल आपसमा ठोक्किएर दुर्घटना भएको छ । टोलिडो क्षेत्रमा भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । स्थानीय समयअनुसार बुधबार बिहान करिब ९ बजे दुई रेल ठोक्किएका थिए । घटनाको करिब २० मिनेटभित्रै हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका थिए ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij