२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

यू–१९ एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

यू–१९ एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ एसिया कपको तयारीका लार्गि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले शनिबार सार्वजनिक गरेको टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही छन् । प्रारम्भिक टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सञ्चालन हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij