२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

शीतल निवासमा राष्ट्रपतिबाट नवकन्याको पूजा

शीतल निवासमा राष्ट्रपतिबाट नवकन्याको पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजार्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ जना कन्याको पूजार्चना गरेका हुन् ।

नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ जना कन्याको पूजार्चना गर्ने परम्परा छ । दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।

राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहारसमेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij