२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बेलिब्रिज जडानपछि गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियो

बेलिब्रिज जडानपछि गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियो

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि अवरुद्ध बनेको गोरखा र धादिङबीचको सडक सम्पर्क पुनः सञ्चालनमा आएको छ ।

आरुघाटस्थित बाढीले क्षति पुर्याएको पक्की पुलमा बेलिब्रिज जडान गर्ने काम सम्पन्न भएसँगै सोमबारदेखि पुल सञ्चालनमा ल्याइएको हो ।

हाल उक्त पुलबाट मोटरसाइकलसहित सर्वसाधारणले आवतजावत गर्न सक्नेछन् । बुधबारदेखि अन्य सवारीसाधनसमेत सञ्चालन गर्न सकिने जनाइएको छ ।

बेलिब्रिज जडान भएपछि बाढीका कारण अवरुद्ध बनेको गोरखा–धादिङ सडक सम्पर्क पुनः स्थापित भएको छ । यससँगै स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij