२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

हिन्दी चलचित्र ‘उड्ता तिर’लाई नेपालमा प्रदर्शन अनुमति दिन अस्वीकार

हिन्दी चलचित्र ‘उड्ता तिर’लाई नेपालमा प्रदर्शन अनुमति दिन अस्वीकार

काठमाडौँ । नेपाल सरकारले हिन्दी भाषाको चलचित्र ‘उड्ता तिर’ लाई नेपालमा सार्वजनिक प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले असोज २९ गते केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच गर्दा चलचित्रमा कानुनले निषेध गरेको विषयवस्तु रहेको पाइएकाले प्रदर्शन अनुमति नदिने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले असोज ३० गते नेशनल सिने ग्रुप नेपाल प्रालिलाई पत्र पठाउँदै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८ को उपदफा (३) अनुसार चलचित्रलाई सार्वजनिक प्रदर्शन अनुमति नदिने निर्णय भएको जानकारी गराएको हो ।

यो निर्णयसँगै चलचित्र ‘उड्ता तिर’ नेपालमा सार्वजनिक प्रदर्शन गर्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij